Logo

राजनीति

राजु गुरुङको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । रुपन्देही क्षेत्र नं. २ मा नेकपा उकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तिरिम आदेश जारी गरेको छ । उम्मेदवारी खारेजीविरुद्ध गुरुङले दायर गरेका रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले गुरुङको उम्मेदवार कायम गरेको हो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेजी गैरकानुनी ठहर गर्दै अन्तरिम आदेश जारी गरेको हो । अब अर्को सुनुवाइबाट अन्तरिम आदेश खारेज नगरेमा उनले आगामी मंसिरमा हुने निर्वाचनमा भाग लिन पाउने छन् ।

रुपन्देही–२ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी खारेज भएको थियो। यसअघि उक्त मुद्दा शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परे पनि निवेदकले नै स्थगित गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरेपछि गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए । उनीविरुद्ध बैंकिङ कसूरमा दोषी ठहर भएको भन्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १७:५१   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।