काठमाडौं । नेपाल प्रेस युनियनले राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत अस्थायी÷करार÷ज्यालादारी पत्रकारलाई निष्कासन गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेको छ ।
प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा युनियन श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको पक्षमा उभिने स्पष्ट पार्दै राससलाई कानुन बमोजिम पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न रासस व्यवस्थापन समक्ष अनुरोध गरिएको छ ।
राससबाट पत्रकार निष्कासनको विषयमा वार्ता र संवादको माध्यमबाट समस्या समाधानका लागि पहल गर्न प्रेस युनियनले उपाध्यक्ष भिष्मराज ओझाको संयोजकत्वमा, उप–महासचिव युवराज गौतम र सचिव भुवन शर्मा सदस्य रहेको कार्यदल समेत गठन गरेको छ ।





















प्रतिक्रिया