Logo

मनोरञ्जन

गायक एवम् सञ्चारकर्मी भण्डारीको ‘ओ पियारा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक एवम् सञ्चारकर्मी सुरेन भण्डारीको ‘ओ पियारा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच सो गतिको म्युजिक भिडियो यूटुबमा सार्वजनिक गरिएको हो ।

आ पियारामा गायक भण्डारीलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा शब्द/संगीत भण्डारीकै रहेको छ ।

म्युजिक भिडियोमा भद्रजंग कुँवर तथा सोनिया शाहीको अभिनय रहेको छ । निर्देशन गौरव गिरीले गरेका छन् । गीतले परदेश जानुका पीडालाई चित्रण गरेको छ भने स्वदेशमा नै केही गर्नका लागि सन्देश दिएको छ ।

लामो समयदेखि संचारकर्मसँगै गीत÷संगीत क्षेत्रमा आवद्ध रहेका भण्डारी डडेल्धुरा निवासी हुन् । उनको यसअघि नै ओेई सुवा, झूम्केली बौजु लगायतका गीत सार्वजनिक भइसकेका छन् । ओ पियाराको छायांकन सुदुरपश्चिममा नै गरिएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १९:०५   :  बजे

372
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।