Logo

खेलकुद

लिभरपुलले लगायो सिटीको अपराजित यात्रामा पूर्णविराम



काठमाडौं । लिभरपुलले आफ्नो खराब लयलाई पन्छाउँदै इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । लिभरपुलको १–० जितमा मोहमद सलाहले निर्णायक गोल गरे ।

एनफिल्डमा भएको तनावपूर्ण खेलमा लिभरपुलका व्यवस्थापक योर्गन क्लोपलाई ‘सेन्ट अफ’ गरिएको थियो । सलाहले ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई बहुमूल्य तीन अंक दिलाएका हुन् ।

यो नतिजाले लिग तालिकामा आर्सनल १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा रह्यो । सिटी २३ अंकमा दोस्रो स्थानमा छ । लिभरपुलको भने नौ खेलबाट १३ अंक भयो । यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई १–० ले हराएको थियो ।

अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० ले हरायो भने म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले । यस्तै साउथह्याम्पटन र वेस्ट ह्यामले १–१ को बराबरीमा चित्त बुझाए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०६:४८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।