काठमाडौं । फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले मार्सिल्लेमाथि १–० गोल अन्तरको जित हात पारेको छ ।
आइतबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले निर्णायक गोल गरेका थिए ।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले ११ खेलबाट २९ अंक जोडेको छ । समान खेलबाट २६ अंक जोडेको लोरियन्ट दोस्रो स्थानमा छ। मार्सिल्लेले भने ११ खेलबाट २३ अंक जोडेको छ ।




















प्रतिक्रिया