Logo

प्रमुख समाचार

निर्वाचनका बेला फेसबुकबाट हुनसक्ने दुष्प्रचार नियन्त्रण लागि आयोगले गर्‍याे मेटासँग छलफल



काठमाडाैं । निर्वाचन आयाेगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका बेला सामाजिक संजाल फेसबुकबाट हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका सन्दर्भमा फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिसँग छलफल गरेकाे छ ।

आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको हाे । फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना/प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको हाे ।

यसैगरी आज राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार २१:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।