Logo

खेलकुद

गण्डकीका अनिशले जिते पुरुष म्याराथनमा स्वर्ण



 पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् । पर्वतका ३२ वर्षिय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् ।

नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य जिते ।

आफ्नै घरेलु मैदानमा स्वर्ण जित्दा खुशी लागेको अनिशले बताए । पोखराको रुट पनि राम्रो लागेको उनले बताए ।

अनिश भारतीय सेनामा कार्यरत छन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १०:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।