Logo

खेलकुद

नवौं राष्ट्रिय खेलकुद : पौडीमा मंगलवार दुई कीर्तिमान कायम



कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान कायम भएका छन् । पुरुष २ सय मिटर बटरफ्लाईको हिट राउण्ड र ५० मिटर फ्रिस्टाइलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।

५० मिटर फ्रिस्टाइलमा आर्मीका अलेक्जेडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनको नाममा रहेको २३ दशमलव ९० सेकेण्डको समयलाई सुधार गरेर २३ दशमलव ५७ सेकेण्डमा झारेका छन् ।

त्यसै गरी पुरुष २ सय मिटर बटरफ्लाईमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८ दशमलव १० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आशीष सापकोटाले २ मिनेट १६ दशमलव ४३ सेकेण्डमा दूरी सक्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १२:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।