काठमाडौं । अभिनेता सलोन बस्नेत बैवाहिक बन्धनमा बाँधिने भएका छन् । बस्नेतले प्रेमीका करिश्मा केसीसँग मंसीर १२ गते गर्न लागेका हुन् ।
आफूहरु बिहे गर्न लागेको अभिनेता सलोन बस्नेतले जानकारी दिए । ‘मंसीर १२ गते हाम्रो बिहे फिक्स भएको छ । बिहे फिक्स भए पनि कुन ठाउँमा बिहे गर्ने भन्ने कुरा टुंगो लाग्न सकेको छैन । अहिले म फिल्मकै प्रमोसनमा व्यस्त छु ।’ उनले भने ।
आफूहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको समेत सलोनको भनाई छ । करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेसको काम गर्छिन् ।
होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३, ए मेरो हजुर ४, यात्रा जस्ता फिल्मबाट चर्चा कमाएका सलोनको कात्तिक १८ गतेदेखि फिल्म ‘मीलन’ प्रदर्शन हुँदैछ ।





















प्रतिक्रिया