Logo

राजनीति

आज झपा पुगेका ओली अस्वस्थ



दमक । आज दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन् ।

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आउनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए । तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन् ।

अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए । रासस

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार २०:२०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।