पाेखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबका सोम कुमाल र एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण जितेका छन् ।
बुधबार भएको दौडमा १ मिनेट ५४.०८ सेकेन्डमा समय निकाल्दै स्वर्ण जिते । रजत जितेका नेपाल पुलिसका तेजबहादुर कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड निकाल्दै रजत पदक जित्दा सुनिल सुनार १ मिनेट ५५.५२ सेकेन्ड समय निकाल्दै कास्य पदक जिते ।
महिलातर्फ फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डको समय निकाल्दै रजत जित्दा २ मिनेट ३०.४८ सकेन्ड समय निकाल्दै आर्मीकी रेखा लिम्बुले कास्य जितिन् ।




















प्रतिक्रिया