काठमाडौं । नेपाली कांग्रेसका युव नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेट भएको छ। काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पौडेल र कलाकार आचार्यबीच बुधबार बूढानीलकण्ठमा भेटवर्ता भएको हो ।
घरदैलो अभियानका क्रममा उम्मेदवार पौडेल बूढानीलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा पुग्दा भेटघाट भएको पौडेलको सचिवालयले जनाएको छ। मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए ।
पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका पौडेलसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगसमेत भेट भएको थियो।
काठमडौं ५ मा आसन्न प्रनिधिसभा निर्वाचनमा युवा नेता पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।




















प्रतिक्रिया