Logo

प्रमुख समाचार

एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, कमाण्डर माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्यहरु र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहेका छन् ।

त्यस्तै बैठकले महासचिव डा. वेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ । जसको सदस्यमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भूसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेललगायत छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १९:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।