काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले सचिवालय र विभिन्न उपसमितिहरु गठन गरेर संयोजक तथा सहसंयोजक तोकेको छ । “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” को मंगलबार बसेको बैठकको निर्णयानुसार समिति गोपालमान श्रेष्ठले सचिवालय र विभिन्न उपसमितिहरुमा संयोजक र सहसंयोजकहरु मनोनयन गरेका हुन् ।
समितिले केन्द्रीय परिचालन समितिको सचिवालय सहित भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमिति, प्रदेश परिचालन समन्वय उपसमिति, निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति, विदेश स्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमिति, निर्वाचन अनुगमन तथा अनुशासन उपसमिति, निर्वाचन आयोग समन्वय उपसमिति र जिल्ला–काठमाण्डौ सम्पर्क समिति समन्वय उपसमिति गरी ७ वटा उपसमितिहरु गठन गरेको थियो । जसमा आज संयोजक श्रेष्ठले संयोजक र सहसंयाजक मनोनयन गरेका हुन् ।






















प्रतिक्रिया