Logo

खेलकुद

ट्वी–ट्वान्टी विश्वकप : वेस्ट इन्डिजको पहिलो जित



काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बाबेलाई हराउँदै वेस्ट इन्डिजले पहिलो जित हात पारेको छ । 

बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व च्याम्पियन वेस्ट इन्डिजले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

जितसँगै वेस्ट इन्डिजले २ खेलमा २ अंक जोडेको छ र समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । जिम्बाबे भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८.२ ओभरमा अलआउट हुँदै १ सय २२ रन मात्र बनायो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार ०८:३४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।