Logo

प्रमुख समाचार

चिनियाँ राजदूत यान्छी बेइजिङ फर्कनुअघि शीतल निवासमा



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत हौले हिजो अपरान्ह बिदाई भेट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राजदूत हौ आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा छिन् । उनलाई चीन सरकारले यसअघि नै इण्डोनेसियास्थित आशियान मुख्यालयको निम्ति चिनियाँ राजदूत नियुक्त गरिसकेको छ ।

उहाँ स्वदेश फर्केलगत्तै नयाँ जिम्मेवारीको निम्ति जकार्ता जाने बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १०:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।