काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा सार्वजनिक रुपमा दिएको फ्रि भिसा र फ्रि टिकटको आश्वासनसहितको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै २४ घण्टै स्पष्टीकरण सोधेको हो ।
रौतहट–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्न उम्मेदवारी दिएका नेपालले चुनाव प्रचारका क्रममा भनेका थिए, ‘विना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ ।’
“निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा (३) तथा उपदफा (४) बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उमेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा आफैं उपस्थित भै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्नुहुनु निर्णयअनुसार जानकारी गराइन्छ,” आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।





















प्रतिक्रिया