काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ । आयागले आफ्नो बुलेटिनमार्फत् दिएको जानकारीअनुसार प्रतिनिधि सभाको ५० लाख १३ हजार मतपत्र र प्रदेश सभातर्फको ५० लाख २४ हजार मतपत्रको छपाइ सकिएको बताएको छ ।
प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको आयोगले बताएको छ ।
प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ ।




















प्रतिक्रिया