Logo

राजनीति

शिक्षा मन्त्री पौडेलको प्रश्न- परमादेशबाट सरकार कि एमाले ?



बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परमादेशबाट नेकपा एमाले जन्मिएको आरोप लगाएका छन् । ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उहाँले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोप लगाउनुभयो ।

“दुई पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपी ओलीको सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायो”, उनले भने, “एमाले हो कि ? सरकार हो परमादेशको ?”

बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा काम गर्ने उनले बताए । मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

उहाँले ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयहरुको घरमा केन्द्रीय प्रशारण लाइन जडान हुने बताउँदै केही समयपछि पर्यटकीय क्षेत्र ताराखोला हुने बताए । उनले पोखराबाट सिधैं ताराखोलामा पर्यटक आउने बताउँदै होम स्टे, शहीदमार्गलगायतका काम चाँडै हुने बताए ।

विकाशमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै सबै कुरा कामले जवाफदिने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १६:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।