Logo

खेलकुद

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने



पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनअघि आज (बिहीबार) पोखरामा बसेको राखेप बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णालीमा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतियोगिताको मिति र खेलस्थल भने तय गरिएको छैन । पोखरा रंगशालामा आज हुने समापनमा कर्णाली प्रदेशलाई आयोजनाका लागि झन्डा हस्तान्तरण गरिँदै छ ।

समापनका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झन्डा हस्तान्तरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १७:१८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।