Logo

राजनीति

नवौं राष्ट्रिय खेलकुद : ३७१ पदक जित्दै त्रिभुवन आर्मी च्याम्पियन



काठमाडौं । गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लब लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । पोखरामा बिहीबार सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७१ पदक जित्दै आर्मी तालिकाको शीर्ष स्थानमा रह्यो ।

आर्मी यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार च्याम्पियन बनेको थियो । नवौँ खेलकुदमा आर्मीले १ सय ७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक जितेको छ। च्याम्पियन बनेसँगै आर्मीले च्याम्पियन्स रनिङ ट्रफी जित्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एपीएफले कुल २१९ पदक जित्न सफल भएको छ । एपीएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, त्यतिनै रजत र ७३ कास्य गरि कुल १९५ पदक जित्न सफल भएको छ ।

आयोजक गण्डकी प्रदेशले भने १२० पदक जित्दै चौथौँ स्थानमा रहेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पदक हात पार्यो । बागमती प्रदेश २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरि कुल १४५ पदक जित्दै पाँचौ, प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी कुल ८३ पदक पोल्टामा पार्यो ।

सुदुरपश्चिम प्रदेशले १० स्वर्ण, १० रजत र ४३ कास्य गरि ६३ पदक, एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कास्य गरि २६ पदक र लुम्बिनी प्रदेशले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरि कुल ६८ पदक जित्दै नवौं बन्यो । १० औँ स्थानमा रहेको मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरि ३९ पदक जितेको छ । २ स्वर्ण, ४ रजत र १२ कास्य गरि १८ पदक जितेको कर्णाली प्रदेश पुछारमा छ ।

  • याे पनि…

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार २०:५१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।