काठमाडौं । रुपन्देही–२ का तिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा परेको छ । बैंकिङ कसुरमा कालो सूचीमा नाम रहेको भन्दै उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत पुगेका हुन् ।
यसअघि सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशपछि निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले उनको उम्मेदवारी स्थापित गरिसकेको छ । अब सर्वोच्चले पुनः अल्पकालीन आदेशलाई निरन्तरता दिए गुरुङ उम्मेदवार हुने पाउने छन् । उनी सत्ता गठबन्धनका तर्फबाट रुपन्देही–२ बाट साझा उम्मेदवार हुन् ।
गुरुङको उम्मेदवारी खारेज गरेलगत्तै उक्त कदम राजनीतिक पूर्वाग्रहमा चालिएको भन्दै सत्ता गठबन्धनले निर्वाचन अधिकृतमाथि नै प्रश्न उठाएको थियो । रुपन्देही–२ का निर्वाचन अधिकृत उदवीर नेपाली राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको स्वकीय सचिवको जिम्मेवारीमा रहिसकेको र उनकी पत्नी नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशमा सांसद रहिसकेका कारण उनी पूर्वाग्रही देखिएको गठबन्धनको ठहर गरेका थियो ।




















प्रतिक्रिया