काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ हेर्न आत्तुर रहेको बताएका छन् । सामाजिक सञ्जालमा अभिनेता श्रेष्ठको तस्वीर सेयर गर्दै ओलीले बाँचुञ्जेल अभिनय गर्ने सदीक्षा पूरा होस् भन्ने कामना समेत गरेका छन् ।
‘वाह कस्तो इच्छाशक्ति ! सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु’, अोलीले भनेका छन्, ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु ।’
मदनकृष्णले यसैसाता केही मिडियासँग कुरा गर्दै आफूलाई बाँचुञ्जेल अभिनय गर्ने इच्छा रहेको बताएका थिए । महजोडीको पछिल्लो फिल्म ‘महापुरुष’ कात्तिक ११ गते प्रदर्शन हलमा लाग्दै छ ।





















प्रतिक्रिया