Logo

प्रमुख समाचार

रुपन्देही–२ : सर्वाेच्चद्वारा सत्ता गठबन्धका राजु गुरुङको उम्मेदवारी खारेज



काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीबाट नेता राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतको शुक्रबारको फैसला अनुसार गुरङको उम्मेदवारी खदारेज भएको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो ।

रुपन्देही २ निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । गठबन्धनका गुरुङकाे उम्मेदवारी खारेजसँग पाैडेललाई सहज हुने विश्लेषण सुरु भएकाे छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १८:१२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।