Logo

प्रमुख समाचार

माधव नेपापलमाथि ओलीको व्यांग्य : ‘विना ढेउवाके’ हामी भन्दैनौं



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले सबैलाई धनी बनाउने नीति लिएको बताउका छन् । सबै समृद्ध नभइकन मुलुक नबन्ने भएकाले एमालेले सबैलाई धनी बनाउने नीति लिएको बताए ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आदिवासी जनजाति प्रतिनिधिहरूसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सबै जातजाति समृद्ध नभइ मुलुक नबन्ने बताएका हुन् । आफ्नो छोराछोरी नै डोम–चमार रहेको उल्लेख गर्दै उनले भने, ‘मेरो छोराछोरीचाहिँ छैनन्, तपाईंहरूलाई पनि थाहा होला । मेरा छोराछोरीहरू नै डोम छन्, चमार छन्, भोटे छन् । अनि अब यो देशमा आदिवासी जनजातिहरू छुट्छन् त ?

ओलीले एमालेले जनता अलमल्याउने काम कहिल्यै नगरेको र नगर्ने दाबी गरे । ‘ढुक्क हुनुस्, हामीसँग नडराउनुस् तपाईंहरू । हामी जनता अलमल्याउने काम गर्दैनौँ’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति व्यांग्य गर्दै उनले भने, ‘हामी विना ढेउवाके पनि भन्दैनौँ ।’ आफूहरुले सिधारूपमा जनताको समृद्धिको सपनामा साथ दिने भन्दै प्रलोभन नदेखाउने बताए ।

केहीदिन अघि आफ्नो निर्वाचन क्षेत्र रौतहट–१ मा चुनाव प्रचारका क्रममा अध्यक्ष नेपालले फ्रि भिसा, फ्रि टिकटको आश्वासन देखाउँदै विना पैसा तालिमसमेत उपलब्ध गराउने बताएका थिए । उक्त विषयलाई लिएर उनलाई निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १८:३८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।