काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
त्यस क्रममा राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताए । राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किएसँगै नयाँ राजदूतमा थम्पसन नियुक्त भएर आएका हुन् । बेरी २०१८ को अक्टोबरमा राजदूतका रूपमा नेपाल आएका थिए।




















प्रतिक्रिया