Logo

खेलकुद

चेल्सी र युनाइटेडको बराबरी



काठमाडौं । प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरीमा अंक बाँडेका छन् । खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि चेल्सी र युनाइटेडले १-१ को बराबरीमा अंक बाँडेका हुन् ।

स्टानफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल भएन । दोस्रो हाफको ८६ औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अगाडि राखेका थिए । 

थप गरिएको समयको ९४ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । तालिकामा चेल्सी २० अंक सहित चौथो र १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार ०६:३६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।