Logo

राजनीति

मुलुक निर्माणमा मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण हो : कांग्रेस नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मुलुक निर्माणमा आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सिंहले जतासुकै भ्रष्टाचार व्याप्त रहेको र सुशासन नभएको यसविरुद्धको कदम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

‘जताततै भ्रष्टाचार व्याप्त छ। कहीँ सुशासन छैन। जहाँ जाऔं अस्तव्यस्त छ। अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउँछ,’ उनले भने, ‘मुलुक निर्माणमा मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण नै हो। सुशासन दिलाउनु नै हो।’ उनले प्रशासनिक काम गर्दा नागरिकलाई झन्झटिलो हुने गरेको र समयमा नै काम नबन्ने गरेको बताए । उनले राजनीति अस्थिर हुँदा पनि यस्ता समस्या देखिएको बताए ।

नेता सिंहले विकास निर्माण तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा आफूले गर्दै आएका कामलाई थप बढाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार ११:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।