काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताएका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका पार्टीहरू सयभन्दा तलको सिटमा खुम्चिने भन्दै उनले एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट नहाल्न आग्रह गरे ।
मतदाताले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेस, कम्युनिस्टको झन्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको दाबी गरे ।
आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने अध्यक्ष लिङ्देनको दाबी छ । उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए ।




















प्रतिक्रिया