Logo

खेलकुद

काठमाडौं–५ मा ईश्वर पोखरेल जिताउन लागिपर्ने ख्यातिप्राप्त खेलाडीहरुको घोषणा



काठमाडौं । ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन् । महाराजगञ्जमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहित सय जना भन्दा बढी खेलाडीहरुले काठमाडौं ५ मा पोखरेल, प्रदेश सभा ५ (१) मा दीपक निरौला र ५ (२) मा नारायण सिलवाललाई जिताउन साथ दिने घोषणा गरेका हुन् ।

‘खेलाडीहरुसँग ईश्वर पोखरेल’ नामक कार्यक्रममा खेलाडीहरुले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताएका हुन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले सधैँ खेलाडीहरुको साथमा रहेको बताए । एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको सुरुवात गरेको बताउँदै उनले काठमाडौं क्षेत्र नम्बर ५ को टोखा र बुढानिलण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिए ।

भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बीमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उनले स्मरण गराए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १४:०६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।