Logo

राजनीति

एमाले र राप्रपाद्वारा बागी उम्मेदवारलाई कारबाही



नेपालगञ्ज । नेकपा एमाले र राप्रपाले पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएका आ–आफ्ना पार्टी सदस्यलाई कारबाही गरेको छ । 

पार्टी नीति विपरीत एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य तीर्थ डाँगीले प्रदेश सभा सदस्यको लागि बाँके निर्वाचन क्षेत्र नम्बर– १ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाले कारबाही गरेको एमाले बाँके उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए । 

यसैगरी, राप्रपा बाँकेले पार्टीको निर्णय विपरीत क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका बाँके जिल्ला सदस्य प्रदीपजङ्ग शाह र बाँके क्षेत्र नम्बर–१ ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका राप्रपा कोहलपुर नगर अध्यक्ष अमरजङ्ग शाह (अर्जुन)लाई कारबाही गरिएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह–संयोजक ऋषिराम देवकोटाले जानकारी दिए । 

दुवै दलले बागी उम्मेदवारी दिने आ–आफ्ना पार्टीका सदस्यलाई कारबाही गरेको जानकारी गराएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १३:३०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।