Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई आयोगको प्रश्न : हेलिकप्टर चढेको खर्च सरकारी कोषमा पर्छ कि पर्दैन ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचारप्रसारका क्रममा हेलिकप्टर प्रयोग गरेको खर्च सरकारी कोषबाट निकासा गरेको विषयमा प्रधानमन्त्रीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री लगायत मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरी विभिन्न स्थानमा गई निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधि गरेकोले सरकारी कोषबाट रकम व्यहोर्ने गरी के कुन प्रयोजनको लागि हेलिकप्टर सेवा प्रयोग भएको छ भन्ने विषयमा आयोगलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगका सहप्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै निर्देशन दिएको हो ।

साथै आयोगले निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधन समेत) प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचार प्रसारका सन्दर्भमा हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १६:५९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।