काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तिहारलगतै ल्याउने भएको छ । घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारण तिहारपछि मात्रै मतदाता समक्ष पुग्ने भएको बताएको छ ।
तिहारलगतै पार्टीको घोषणापत्र उम्मेदवारमार्फत मतदाता समक्ष पुर्याएर माओवादीको ५ वर्षे विकास र समृद्धिको रोडम्याप जनतालाई जानकारी गराइने बताइएको छ । माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो ।




















प्रतिक्रिया