सिमकोट । हुम्लाका सत्ता गठबन्धनका दलहरुले देशमा राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त अपील जारी गर्दै यस्तो बताएका हुन्।
जिल्लामा निकास र विकास तथा संगठन र समृद्धि लागि तीन दल निर्णायक रहेको उल्लेख गर्दै उनीहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरुलाई विजयी गराउन अपील गरका हुन्।
हुम्लाको हितका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउन दलहरुले सर्वसाधारणलाई आग्रह गरेका छन्। राष्ट्रियता, संविधान र व्यवस्थाको रक्षा गर्नु वाम–लोकतान्त्रिक गठबन्धनको मुख्य धर्म रहेको उनीहरुको जिकिर छ।




















प्रतिक्रिया