Logo

प्रमुख समाचार

रुपन्देही–२ : सत्ता गठबन्धन विभाजित, जनमोर्चाद्वारा हस्ताक्षर फिर्ता



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णयमा दुई मत देखिएको छ । गठबनधन दलहरुले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार अध्यक्ष केशवबहादुर थापा (सूर्यवंशी)लाई समर्थन गर्नेजनाएको थियो ।

कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले रुपन्देही–२ मा सूर्यवंशीलाई समर्थन गर्ने भनेर गरेको निर्णयसम्बन्धी हस्ताक्षरमा राष्ट्रि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि संलग्न थिए ।

तर उक्त निर्णयमा गरेको हस्ताक्षर जनमोर्चाले फिर्ता लिएको छ । उक्त निर्णयमा पार्टीको तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको भन्दै केसीले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । हस्ताक्षर फिर्ता लिँदै जनमोर्चाले नेमकिपाका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १४:५७   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।