Logo

प्रमुख समाचार

गठबन्धनका उम्मेदवारहरुलाई नुवाकोटका युवाहरुले लेखेटे



काठमाडौं । सत्ता गठबन्धनका उम्मेदवारहरुलाई नुवाकोटका स्थानीय युवाहरुले लखेटेका छन् ।

नुवाकोटको क्षेत्र नम्बर १ अन्तरगत ककनी गाउँ पालिका वडा नम्बर ३ मा पुगेका नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हितबहादुर तामाङ र प्रदेश सभा सदस्यका उम्मेदवार रमेश महतलाई स्थानीय युवाहरुले लखेटेका हुन् ।

पटक पटक चुनाव जिताएर पठाए पनि सो क्षेत्रमा कुनै विकासका काम हुन नसकेको भन्दै आक्रोशित युवाहरुले नेताहरुलाई गालीगलौचसहित आफ्नो गाउँमा अबदेखि भोट माग्न नआउन चेतावनी दिएका छन् ।

उक्त क्षेत्रका जनताहरु सडक सुबिधा र अन्य आधारभूत मानवीय आवश्यकता उपभोग गर्नबाट समेत बञ्चित रहँदै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १७:०६   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।