Logo

खेलकुद

टोटेनहमको सानदार पुनरागमन जित, चेल्सी र लिभरपुल पराजित



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले बर्नेमाउथमाथि सानदार जित निकालेको छ । भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट कमब्याक गर्दै टोटेनहमले ३-२ गोलको जित निकालेको हो ।

खेलको २२ औं मिनेटमा किइफर मोरेको गोलमा बर्नेमाउथले अग्रता बनाएको थियो । त्यस्तै ४९ औं मिनेटमा उनले नै दोस्रो गोल थप्दा दोस्रो हाफको सुरुसम्म घरेलु टोलीले २-० को गोलको अग्रता बनाउन सफल भएको थियो । त्यसपछि भने टोटेनहम खेलमा फर्कन सफल भयो । खेलको ५७ औं मिनेटमा रयान सेस्सेग्ननको गोलमा खाता खोलेको टोटेनहमका लागि ७३ औं मिनेटमा बेन डेभिसले गोल थप्दै खेल बराबरीमा ल्याए । त्यस्तै इन्ज्युरी समयमा रोड्रिगो बेन्टएन्कुरले गोल थप्दा टोटेनहमले ३-२ को नाटकीय जित निकाल्न सफल भयो ।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सी ब्राइटोनसँग ४-१ गोलको फराकिलो अन्तरले पराजित भयो। चेल्सीलाई हराउन ब्राइटोनका लियोनार्दो ट्रसअर्ड र पास्कल ग्रोब गर्दा दुई गोल आत्मघाति गोल भएका थिए । चेल्सीका रुबेन लोफ्टुस चीक र ट्रेभो छलोभले आत्मघाती गोल गर्दा ब्राइटोनले फराकिलो जित निकाल्यो । चेल्सीका लागि काइ हार्भटेजले सान्त्वना गोल फर्काएका थिए ।

त्यस्तै अर्को खेलमा लिभरपुल लिड्स युनाइटेडसँग २-१ गोलअन्तरले पराजित भयो । खेलको चौथो मिनेटमै एनफिल्डमा लिड्सका रोड्रिगो मोरेनोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १४ औं मिनेटमा घरेलु टोलीका मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए। लिड्सलाई जित दिलाउन निर्णायक गोल भने क्रिसेन्सियो समरभिल्लेले खेलको ८९ औं मिनेटमा गरे ।

योसँगै १३ खेलबाट २६ अंक जोडेको टोटेनहम शीर्ष तीनमा छ भने २१ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ । त्यस्तै १९ अंक जोडेको ब्राइटोन ८ औं स्थानमा रहँदा १६ अंक जोडेको लिभरपुल ९ औं स्थानमा छ । त्यस्तै १२ अंक जोडेर लिड्स १५ औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०६:३६   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।