Logo

प्रमुख समाचार

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीकी डा. तोसिमाको उम्मेदवारी खारेज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनले सार्वजनिक लाभको पद धारण गरेकोले उम्मेदवार बन्न अयोग्य रहेको आयोगले ठहर गरेको हो ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उक्त उजूरीमाथि छानविन गर्दा कार्की उम्मेदवार बन्न अयोग्य देखिएको आयोगले जनाएको छ ।

‘निज उम्मेदवार डा. कार्की मिति २०७८/९/२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९/१/९ देखि मिति २०७१/५/२ सम्म भत्ता बुझेको पाइयो,’  आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०८:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।