Logo

प्रमुख समाचार

६५ वर्षमै वृद्धभत्ता दिने रुचि प्रधानमन्त्री देउवाको हो : स्वर्णिम वाग्ले



काठमाडौं । नेपाली कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने रुचि प्रधानमन्त्री शेरबहादुर देउवाको भएको प्रष्ट्याएको छ । शनिबार सार्वजनिक घोषणापत्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री देउवाको रुचिमा ६५ वर्षमै वृद्धा भत्ता दिने घोषणा गरेको बताए ।

उनले भने, ‘शेरबहादुर देउवाको रुचिमा ६५ वर्षमा वृद्ध भत्ता दिने कुरा घोषणापत्रमा उल्लेख भएको हो । अहिलेकै सरकारले ७० वर्षलाई ६८ मा झारेको छ । अब चुनावपछि कांग्रेस सरकार बनेपछि ६५ वर्षमा झार्ने उहाँकै कार्यकालमा बनाउने सोच छ ।’

वाग्लेले घोषणापत्र राम्रो आएको भए पनि सेक्टरअनुसार कार्यान्वयनमा दबाब दिनुपर्ने बताए । आफ्नो नेतृत्वको सरकार बनेपछि कार्यविधि बनाएर घोषणापत्र कार्यान्वयन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १७:२२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।