काठमाडौं । नेकपा माओवादी केन्द्रले आमनिर्वाचनका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । सोमबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । माओवादीले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको बताइएको छ ।




















प्रतिक्रिया