Logo

प्रमुख समाचार

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी (पूर्णपाठ)

बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ



काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने र अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था लागू गर्ने उल्लेख गरेको छ । 

आफू बरु नष्ट हुने तर भ्रष्ट नहुने प्रतिवद्धता गर्दै राप्रपाले भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहारमा लागु गर्ने उल्लेख गरेको छ ।

घोषणापत्रमा राप्रपाले “नेपाल बन्द” कहिल्यै नगर्ने र नेपाल बन्द सधैँका लागि बन्द गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १२:३७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।