Logo

प्रमुख समाचार

मतदाता प्रभावित पार्ने गरी ईश्वर पोखरेलद्वारा सांस्कृतिक बाजागाजा हस्तान्तरण



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेका छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न)मा कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ ।

नेता पाेखरेलले आफ्नै निर्वाचन क्षेत्र टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सास्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका संघसंस्थाहरुलाई निर्वाचनको सम्मुखमा सांस्कृतिक बाजागाजा उपलब्ध गराएका हुन् ।

‘टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका हाम्रो मुर्त अमुर्त सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ५ वटा दाफा भजन खलः र १ वटा भजन खलः लाई तात्कालीन समयमा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री रहेका यसै क्षेत्रका सांसद ईश्वर पोखरेलले सबै खललाई आवश्यक सांस्कृतिक बाजागाजा हस्तान्तरण गरेको र चतुरमास भजन कृतन अवलोकन गर्न आउनुभएको केही तस्बिरहरु’, भन्दै सामाजिक संजाल फेसबुकमा सत्यनाराण दंगोलले सेयर गरेका छन् ।

पोखरेलप्रति आभार प्रकट गर्दै दंगाेलले आउँदो मंसिर ४ गते हुने संसदीय निर्वाचनमा पोखरेललाई मतदान गर्न आह्वान समेत गरेका छन् ।

तस्बिरहरु हेर्नुहाेस्



प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १४:०२   :  बजे

498
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।