Logo

प्रमुख समाचार

चुनावपछि पनि गठबन्धन कायम रहन्छ भन्न सकिन्न : महासचिव भुसाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पनि सत्तारुढ गठबन्धन कायम रहने ग्यारेन्टी गर्न नसक्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले चुनावपछि यही गठबन्धन रहन्छ कि अर्को बन्छ अहिले नै भन्न नसकिने बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणापत्र त्यहीँ भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर कार्यान्वयनका लागि पहल गर्ने धारणा राखे ।

महासचिव भुसालले भने, ‘गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौं भने हामीले हाम्रा नीति, कार्यक्रमहरु सरकारमै रहेर पहल गर्छौं । यदि यो रहेन भने अर्कैं परिस्थिति निर्माण भयो भने तदनुकुलनै हाम्रा कुराहरु लिएर अघि बढ्छौं ।’

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १६:४०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।