काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी डा. तोसिमा कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार रहेकी उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि न्यसविरुद्ध उनी सोमबार सर्वोच्चमा पुगेकी हुन् ।
लाभको पदमा रहेको भन्दै आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा. तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । नियमित तलब नपाइने भएपनि बैठक भत्ता पाइने भएकाले त्यसलार्य आयोगले लाभको पद भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत गएकी थिइन् ।
उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले बताइन् । मंगलबार एक न्यायाधीशको इजलासमा उनको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उनको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।




















प्रतिक्रिया