Logo

प्रमुख समाचार

‘नो, नट अगेन’ र तोसिमा कार्कीको रिट न्यायाधीश चुडालको इजलासमा



काठमाडौं । निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज (मंगलबार) न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ।

‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले दिएको निर्देशनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार रिट दर्ता गरेका हुन् । रिटमा त्रिपाठीले ‘नो नट अगेन’लाई बन्देज गर्ने गरी आयोगले दिएको निर्देशनले संविधान प्रदत्त नागरिकको मौलिक अधिकारको हनन् हुने भन्दै आयोगको विज्ञप्ति नै खारेजीको माग गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोग निर्णयविरुद्ध तोसिमा आफै रिट लिएर सोमबार सर्वोच्च पुगेकी हुन् । कार्कीले आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी आयोगको निर्णय निष्पक्ष नभएको ठहर गर्दै रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार ११:५०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।