वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यदाव घरदैलो कार्यक्रममा व्यस्त छन् । त्यसक्रममा उनले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा चुनावी घरदैलो गरि मतदातालाई भेटे ।
छठ पूजा सकिएलगत्तै चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका पूर्व मन्त्री यादवले मंगलबार बिहान नेता कार्यकर्ता सहित वडा नम्बर १५ मा पुगेर मतदातालाई भेट्दै उनीहरुका समस्या र गुनासो पनि सुने ।

त्यस क्रममा उनले यसपालिको निर्वाचन सहि नेता चुन्ने अवसर पनि भएकाले काम गर्ने नेतालाई नै जनताले अवसर दिनु पर्ने बताए । विगतमा पदमा हुँदा समेत केही गर्न नसकेकाहरुले अहिले फेरि आश्वासन मात्रै बाँड्दै हिँडेको भन्दै यादवले भने, ‘उनीहरुको आश्वासनमा अब जनता पर्नेवाला छैनन्, जनताले आश्वासन हैन काम चाहेका हुन्छन, काम गर्ने नेता नै जनताको रोजाइमा फेरि पर्छन् ।’

जसपाका उम्मेदवार यादवले आफू नेता नभइ जनताको सेवक भएकाले जनताको सेवा नै आफ्नो मूलमन्त्र रहेको र त्यही लक्ष्य लिएर जनता माझ रहँदै आएको बताए । विगत पाँच वर्षको कार्याकालमा पर्सा–१ मा आफुले गरेका कामको मूल्यांकन गरेकै कारण जनताले आफूलाई फेरि अवसर दिनेमा ढुक्क रहेको उनले बताए ।
अरुलाई गाली गरेर मात्रै जनताको मन जित्न नसकिने बताउँदै यादवले भने, ‘म अरु जस्तो विपक्षीलाई गाली गरेर समय खेर फाल्दिन, मैले गरेका काम जनताले देखेका छन्, मेरो जितको आधार त्यही नै हो ।’
























प्रतिक्रिया