काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता प्रकाण्डले देउवासँग भेटवार्ता गरेका हुन् । प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता र जेलका बन्दी रिहा गर्न देउवासँग आग्रह गरेका छन् ।
शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारलाई दबाब दिइरहेको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको नेकपाका माग अझै पूरा हुन भने सकेकाे छैन् ।




















प्रतिक्रिया