Logo

प्रमुख समाचार

सर्वोच्चले ‘नो नट अगेन’ बारे आयोगविरुद्धको मुद्दाको सुनुवाइ बुधबार गर्ने



काठमाडौं । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानबारे जारी गरेको विज्ञप्तिबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई बुधबार हुने भएको छ । आजका लागि पेसी तोकिए पनि मुद्दाको चापका कारण भोलि मात्रै सुनुवाई हुने रिट निवेदक वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले जानकारी दिए ।  

गत साता आयोगले यो अभियान गैर कानुनी रहेको भन्दै थप क्रियाकलाप अघि नबढाउन निर्देशन दिएपछि त्यसको आलोचना मात्रै भएन आयोग विरुद्धको सर्वोच्च अदालतमा मुद्दा समेत पर्यो । 

वरिष्ठ अधिवक्ता त्रिपाठीले आयोगको सो कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक विपरीत रहेको भन्दै रिट दायर गरेका थिए । उनले आयोगले यस सम्बन्धमा जारी गरेको सूचना स्वेच्छाचारी र बदनियतपूर्ण रहेको भन्दै उक्त सूचना खारेजीको माग गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १७:५८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।