Logo

प्रमुख समाचार

वार्षिक पाँच लाख रोजगारी सृजना गर्ने एमालेकाे घाेषणा



काठमाडौं । नकेपा एमालेले चुनावी घोषणपत्रमार्फत सबैका लागि काम र नियममित कमाइको सुनिश्चितता गर्ने बताउको छ । आज सार्वजनिक गरेको घोषणापत्रमा काम, रोजगारी, सामाजिक सुरक्षाका प्रबन्धबाट सबैका लागि काम र नियमित कमाइ सुरक्षित गरिने उल्लेख छ ।

रोजगारी सृजना हुने क्षेत्रमा राज्यको लगानी बढाइने, उद्यमशीलताउन्मुख स्वरोजगारीका लागि सिप, पुँजी र व्यवसायिक तामिल दिइने, सुरुवाती व्यवसाय गर्न चाहिने बिउपुँजी(सिड–मनी) सहुलियतपूर्ण ब्यजदरमा उपलब्ध गराइने, कामदार वा श्रमिकको न्यूनतम ज्याला सुनिश्चित गरी समयानुकूल वृद्धि गरिने, हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सृजना गरिने दाबी घोषणपत्रमा गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १७:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।