बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ । यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार आयोगकै निर्णयलाई मंगलबार सदर गरिदिएको हो । उनले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । तर सर्वोच्चले अन्तिम फैसला गर्दै आयोगको निर्णयलाई सदर गरेको हो ।
यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगसमेतका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । रुपन्देही २ मा नै यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी पनि निर्वाचन आयोगले खारेज गरेको थियो ।




















प्रतिक्रिया